संस्थाद्वारा आयोजना गरिने बार्षिक कार्यक्रमहरुः

१. वैशाख शुक्ल तृतियाः

श्री लक्ष्मेश्वर महादेव स्थापना गरिएको दिन भएको हुँदा एक भाग विशेष पूजा सामग्री सहित, वस्त्र, फलफूल, नैवेद्य आदिबाट पूजा गर्ने । दुई जना ब्राम्हणहरुद्वारा बिहान मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई सातु, सर्वत वितरण गर्ने र हवन गर्ने । निज ब्राम्हणहरुलाई भोजन सहित दान दक्षिणा दिने । आँप, चाँप र पिपलको पातबाट तयार गरिएको मालाले मन्दिरलाई घेरेर मन्दिर परिसरमा रहेको हनुमान, भैरव र महाङ्काललाई सिन्दूर घस्ने । मन्दिर प्राङ्गणमा रहेको नन्दीलाई पनि सिन्दूर तेल घस्ने ।

२. चतुर्माशा पूराणः

हरिशयनि एकादशिदेखि हरिवोधनी एकादशीसम्म एक जना पण्डितबाट पूराण वाचन गराउने । पूराण सम्पन्न भएपछि पण्डितलाई दक्षिणा, सिदा आदि दान गर्ने ।

३. लघु रुद्रीः

श्रावण महिनामा एघार जना ब्राम्हणबाट लघु रुद्री, एक जना ब्राम्हणबाट चण्डी पाठ र एक जना ब्राम्हणबाट जल भर्ने । एक भाग राम्रो पूजा सामग्री, नैवेद्य र वस्त्र सहित रुद्रीपाठ, चण्डीपाठ गर्ने तथा जल भर्ने ब्राम्हणलाई भोजन सहित दक्षिणा प्रदान गर्ने ।

४. शिवरात्रीः

सम्भव भएसम्म तिन प्रहर पूजा गर्ने, सम्भव नभएको स्थितिमा दुई प्रहर रुद्री सहित पूजा गर्ने । मन्दिर परिसरमा रहेको बसाहा, मन्दिरको द्वारमा रहेको राधाकृष्णजी सहित महाङ्कालमा पनि तेल घसि पूजा सम्पन्न गरि ब्राम्हणलाई दक्षिणा प्रदान गर्ने ।

५. श्रीकृष्ण जन्माष्टमीः

यो कार्यक्रम सञ्चालन गर्न संस्थाको तर्फबाट कुनै आर्थिक व्यवस्था नभएकोले महाङ्काल निवासी श्रद्धालु भक्तजन र दाताहरुबाट चन्दा तथा विशेष सहयोग प्राप्त गरि सम्पूर्ण कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

६. श्री पशुपतिनाथमा भागवत पाठः

पण्डित श्रीकृष्णजीले श्री पशुपतिनाथको पश्चिमतर्फको मूलढोकादेखि उत्तरपट्टि रहेको वेलको बोटमुनि श्रीमद्भागवत पाठ गराउने गरिएको र सोको दक्षिणा दरवन्दिमा लेखिएको छ । दक्षिणा स्वरुप अन्न नै खान्की दिने व्यवस्था गरिएको छ । हाल श्री पशुपतिनाथ परिसरमा उक्त बेलको बोट छैन ।

७. मार्ग महिनादेखि आषाढ महिनासम्म प्रत्येकः

महिना पर्ने दुईवटा एकादशीको

८. चण्डी पाठः